3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली वरिष्ठ अम्पायर उदय अर्यालले जापानमा अर्काे सातादेखि आयोजना हुने विश्व ब्याडमिन्टन च्याम्पियनका लागि लाइन जजको भुमिका निर्वाह गर्ने भएका छन् ।

विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले नेपालबाट अर्याललाई चयन गरेको हो । यससँगै अम्पायर अर्यालले जापानको टोकियोमा २२ देखि २९ अगस्टसम्म आयोजना हुने टोटल इनर्जी बिडब्लुएफ ब्याडमिन्टन च्याम्पियनसिपमा लाइन जजको भुमिका निर्वाह गर्नेछन् । उनी बुधबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।
अम्पायर अर्यालले गत वर्ष जापानको टोकियोमै आयोजना भएको टोकियो पारालिम्पिक गेम्समा पनि लाइन जजको भुमिका निभाएका थिए । उनी पारालिम्पिकमा लाइन जज गर्ने पहिलो नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियल हुन् ।
अम्पायर अर्याललाई बिडब्लुएफले ४ वर्षसम्मको लागि अर्थात २०१९ जनवरीदेखि २०२२ को डिसेम्वरसम्मको लागि सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको छ ।
उनले विश्व ब्याडमिन्टन फेडेरेसन र ब्याडमिन्टन एसियाद्धारा मान्यता प्राप्त विश्वस्तरीय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । मिल्स एरिया विराटनगर निवासी उनी नेपाल विद्युत प्राधिकरणमा कार्यरत छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]