3 years ago
August 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखसँगको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने परिषदका सदस्य तथा प्रतियोगिता संयोजक खगेन्द्र क्षत्रीले जनाए ।
‘हामीले पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणसहित छनोट गर्नेछौं । २२ वटा खेलको जिल्ला छनोटको तयारी गरेका छौं ।’ संयोजक क्षत्रीले भने, । परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बागलुङमा सञ्चालन गर्नेछ ।
२० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी रहेका छन् । विशेष प्रशिक्षणबाट आवश्यक खेलाडीहरु छनोट गरिने परिषदले जनाएको छ ।
अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । भदौ १५ गते प्रदेश छनोटलाई ‘स्टेट गेम्स’ रुपमा ‘ब्रान्डिङ’ गरी अघि बढाइने परिषदले तयारी थालेको छ ।
‘हामीले यो छनोट प्रतियोगितालाई ‘स्टेट गेम्स’ को रुपमा ब्राण्डिङ गर्ने गरी तयारी गर्दैछौं, चाहे राष्ट्रिय खेल होस् वा नहोस् हामी हरेक वर्ष प्रदेशकै बृहत् प्रतियोगिताको रुपमा अघि बढ्ने छ’, संयोजक क्षत्रीले भने, ‘यो प्रदेश छनोट खेल हाम्रो लागि नयाँ समेत हो, हामी नयाँ संरचनामा आइसकेपछि यसलाई खेलकुदको विशेष पर्वका रुपमा अघि बढाउने मात्रै नभई आगामी वर्षहरुका लागि समेत तयारी गरी अघि बढ्ने खुट्किलो समेत हो ।’
भदौ १५ देखि सुरु हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार भन्दा बढि खेलाडीहरु पोखरा आउनेछन् । असोज २८ देखि कात्तिक ३ सम्म नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्ष पछि हुँदैछ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिब ८ हजार खेलाडी पोखरा आउनेछन् ।
गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सयभन्दा वढी खेलाडीले सहभागिता जनाउने । छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]