3 years ago
August 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा अर्को महिना तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप विश्व वरियता जी २ तथा पहिलो माउन्ट एभेरेष्ट जिसिएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पुम्से च्याम्पियनसिप हुने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज ६ देखि ९ गते सम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने जानकारी दिएको छ । संघले दक्षिण एसियामै पहिलो पटक हुन यस्तो खाले वृहत प्रतियोगिता आयोजन गर्न लागेकोमा उत्साहित भएको जनाएको छ ।
संघले यसअघि सन् २०११ र २०१४ मा एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसपछि नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेल र कोभिड १९ का कारण आयोजना गर्न नसकेको संघले जनाएको छ ।
पोखरामा आयोजना गरिने प्रतियोगितालाई विश्व तेक्वान्दो महासंघले स्विकृती दिइसकेको जनाएको छ । प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक प्राविधिक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र विश्व तेक्वान्दो महासंघका अध्यक्षज्यू लगायत विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता रहने संघले अपेक्षा गरेको छ ।
आयोजक, स्वयंसेवक र प्राविधिकका मात्र झण्डै ३ सय रहेको उल्लेख गर्दै संघले प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी पोखरा पुग्ने अपेक्षा राखेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगिताको पूर्व तयारी तथा व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल आयोज समिति र १६ वटा उपसमितिहरु गठन गरिएको जनाएको छ । प्रतियोगिताका लागि झण्डै २ करोड ५५ लाख खर्च हुने संघको अनुमान छ ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले जी २ आयोजना मौका पाउनुलाई संघले ठूलो अवसरका रुपमा लिएको बताए । हाल सम्म ११ राष्ट्रका कुल ८ सय ११ जनाको सहभागिताका लागि दर्ता गरिसकेको गण्डकी प्रदेशको तेक्वान्दोका अध्यक्ष तथा आयोजक समितिका सचिव जगनबहादुर गुरुङले जानकारी दिए । प्राविधिक समितिका सदस्य समेत रहेका ओलम्पियन दीपक विष्टले यसअघिका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरेकै कारण विश्व तेक्वान्दो महासंघले नेपाललाई जी २ प्रतियोगिता आयोजनाको मौका दिएको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]