3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र हालसम्म सम्पन्न भएको कार्यहरुको विवरण सार्वजनिक गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अब ५० दिन बाँकी रहेको प्रतियोगिताको तयारी र हालसम्मको कार्यविवरण पेश गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको छ । नवौंमा तीन विभाग, सात प्रदेश र एक एनआरएनए टोली गरी ११ टोलीले ३६ खेलमा ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्यका लागि प्रतिस्पर्धा गर्नेछ ।
पत्रकार सम्मलेनमा राखेपका सदस्य सचिव तथा मुल आयोजक समितिका संयोजक टंकलाल घिसिङले अब प्रतियोगिता हुने सुनिश्चित भई सकेको भन्दै उल्टो दिन गन्ती सुरु भएको बताए ।
सम्पन्न कार्यहरु
– ३६ वटा खेलका खेलाडी कोटा र खेल ईभेन्ट्स स्वीकृत
– खेलाडी संख्या प्रत्येक टिमबाट महिला ३३५, पुरुष ३७४ जना, जम्मा खेलाडी संख्या ७०९
– टिम ११ वटा सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)
– पदक संख्या स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६००
– ६० (साठी) करोडको बजेट सुनिश्चित, पहिलो किस्ता वापत १० करोड निकासा ।
– लोगो, मस्कट, नारा छनौट भई स्विकृत भएको ।
– नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको वृहत बैठक सम्पन्न , बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिवद्धता व्यक्त भयो । साथै नवौं राष्ट्रिय खेलकुद–२०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको ।
– कार्यकारी समितिको सचिवालय काठमाण्डौ र पोखरामा स्थापना,
– १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको बार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको ।
– विषयगत उपसमितिको टीओआर स्वीकृत
– उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारंभ गरिएको
– खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको छ ।
– प्रचार प्रसारको काम सुरु भएको
– राष्ट्रिय खेलकुद परिषदको एप तथा वेभमार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको
प्रक्रियामा रहेका
– खेल तालिका निर्माण हुदै
– खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको
– राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको ।
– उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको,
– भदौ २४ गते देखि पो्खरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने
– नवौं राष्ट्रिय खेलकुद–२०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश भईसकेको ।
– खेल स्थल निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने छ ।
– खेलाडी तथा अफीसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको ।
– प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको
– खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्वन्धित पालिकाहरु संगको समन्वय गरिएको
– सबै उपसमितिले तिब्रगतिमा काम सुरु गरेका ।
– सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा गर्ने गरि लक्ष्यका साथ काम भईरहेको ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]