3 years ago
August 27, 2022
कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् ।

राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले जानकारी दिए ।
राष्ट्रको लागि आफ्नो जिवनको उर्जावान समय खर्च गर्ने खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको महसुस गरेर नै पुरस्कार कार्यविधि लागु गर्न लागिएको बताउँदै मन्त्री अथकले खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे ।
‘हामीले ऐन मार्फत खेलाडीहरुको पुरस्कार राशी सुनिश्चित गरेका छौं ।’ मन्त्री अथकले भने, ‘अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कार स्वरुप १ करोड ३० लाख रकम प्राप्त गर्नेछन । यसले खेलाडीको बृत्ति बिकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठुलो मद्धत मिल्नेछ ।’
एनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका बिभिन्न प्रतिस्पर्धामा पदक बिजेता तथा किर्तिमान बनाउन सफल खेलाडीहरुलाई विधागत रुपमा पुरस्कारको ब्यवस्था गरिएको समेत बताए ।
नेपाली खेलाडीहरु हरेक किसिमका खेल खेल्न सक्षम भएपनि उनिहरुलाई हौसलाको कमी रहेको उल्लेख गर्दै मन्त्री अथकले भन, ‘नेपाली खेलाडीहरु आफैमा साहसी र सक्षम छन, उनिहरुको हौसला बढाउन जरुरी छ । मन्त्री अथकले पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुन खेलाडीहरुलाई आग्रह समेत गरे ।
नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि तेक्वान्दो प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्धेश्यले प्रशिक्षक अभिमुखिकरण कार्यक्रम संचालन गरिएको राष्ट्रिय तेक्वान्दो संघका केन्द्रिय सदस्य बुद्धी थापाले जानकारी दिए । कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय देखि प्रदेश स्तरीय रेफ्री तथा प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]