3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर थिमी नगरपालिका ७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ ।

जिल्लाब्यापी वडा स्तरीय प्रतियोगितामा थिमी ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै दोश्रो स्थानमा रहेको मध्यपुर थिमी ८ एक स्वण र एक कास्य पदक प्राप्त गर्न सफल भयो ।
बराबर एक स्वर्ण प्राप्त गरेका सूर्यविनायक नगरपालिका ८ र मध्यपुर थिमी नपा ४ संयुक्त तेश्रो स्थानमा रहे । अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगितामा पुरुषतर्फ सूर्यविनायक नगरपालिकाका आयुष प्रजापती र महिलातर्फ मध्यपुर थिमी ४ की कृषा श्रेष्ठले उपाधी जिते ।
आयुषले सूर्यविनायक ३ का रमेश बस्नेतलाई २१–१३, १८–२१ र २१–१६ ले पराजित गरे । कृषाले मध्यपुर थिमी ७ की शर्मिला केसीलाई २१–१८, १७–२१ र २१–१२ ले पराजित गरिन् ।

पुरुष युगलतर्फ मध्यपुर ७ का भिम राज कार्की र साजन न्यौपानेको जोडीले उपाधि उचाले । यो जोडीले थिमी ७ कै अशोक अधिकारी र महेश कार्कीलाई २१–११ र २१–१० ले पराजित गरे । पुरुष युगल ४५ बर्ष माथि थिमी ८ का पूर्णहरि होना र प्रेम भक्त ज्यानाको जोडीले थिमी ३ का भिम गिरी र देन लामाको जोडीलाई २१–१६ र २१–१९ ले पराजित गर्दै उपाधि जिते ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई समाज सेवी एवं करातेका खेलाडी अष्ट कोवे, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापती लगायतले पुरस्कृत गरे ।
१२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । २०० बढि खेलाडीको सहभागिता रहेको प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भएको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]