3 years ago
September 16, 2022
एजेन्सी – स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् ।

अब फेडेररको बिदाई खेल अर्को साता लन्डनमा हुने लेभर कपमा हुनेछ । यो उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित प्रतियोगिता हो । ‘मेरो शरीरले मलाई हालै स्पष्ट सन्देश दिएको छ । मैले २४ वर्षमा १५०० भन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ ।’ फेडेररले भने, ‘टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई कहिल्यै छोड्ने छैन ।’
२० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेररको सन्यासको घोषणासँगै टेनिसमा एक युगको अन्त्यको संकेत गरेको छ । चोटका कारण फेडेररले २०२१ को जुलाईमा भएको विम्बल्डन टेनिसपछि खेलेका छैनन् । तर उनी यस जुलाईमा अल इंग्ल्याण्ड क्लबमा सेन्टर कोर्टको १०० वर्षको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा देखा परेका थिए ।
पाँच सिजन लगातार शीर्ष वरियतामा रहेका फेडेररले राफयल नाडाल र नोभाक जोकोभिचसँग पुरुष टेनिसको स्वर्णिम युग बिताएका छन् ।
उनको सर्भिङ, फोरह्यान्ड, फुटवर्क र आक्रमण गर्ने शैली सबै याद रहनेछन् । उनका प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल र ३५ वर्षीय जोकोभिचसँगको खेलहरू पनि अविस्मरणीय थिए, जसले दुवैले बराबरी गरे । नाडाल २२ ग्रान्डस्लामसहित शीर्षमा रहँदा जोकोभिचले २१ ग्रान्डस्लाम उपाधि जितेका छन् ।
सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका फेडेररले पहिलोपटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए । फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ यूएस ओपन र १ फ्रेन्च ओपन जितेका छन् ।
‘म धेरै भाग्यशाली थिए कि मैले यति धेरै खेल खेल्न पाए । म कहिल्यै बिर्सन सक्दिन ।’ फेडेररल भने, ‘हामीले एकअर्कालाई धक्का दियौं, र सँगै हामीले टेनिसलाई नयाँ स्तरमा पु¥यायौं ।’ फेडेरर आफ्नो अन्तिम खेलमा विम्बल्डनको क्वार्टरफाइनलमा हुबर्ट हुर्काजसँग ३–६ ६–७ र ०–६ ले पराजित भएका थिए । त्यसलगत्तै दाहिने घुँडाको मेनिस्कस र कार्टिलेजको चोटका कारण उनी लामो समय कोर्ट बाहिर रहे ।
फेडेररका श्रीमती मिर्का पनि टेनिस खेलाडी हुन् । उनीहरुको ओलम्पिक दौरान भेट भएको थियो । उनीहरुका दुई जुम्ल्याहा बच्चा छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]