3 years ago
September 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अर्थक्वेक मेमोरियल बहुउद्देश्यीय कभर्ड हलको शनिबार शिलन्यास गरेका छन् ।

एनओसी अध्यक्ष श्रेष्ठले काठमाडौं महानगरपालिका १५ वडास्थित (आवास क्षेत्र) डल्लुको सामुदायिक मार्गमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हलको भूमि पूजा गर्दै शिलन्यास गरेका हुन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सहयोग तथा सोलिडारिटी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका १५ स्थित डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हलको निर्माण हुन लागेको हो ।
आईओसीले वि.स. २०७२ बैशाखमा आएको भुकम्पपछि त्यसकै सम्झनामा कभर्ड हल बनाइदिने प्रस्ताव स्वीकृत गरेको थियो । यस बहुउद्देश्यीय कभर्ड हलमा ब्याडमिन्टन, बास्केटबल, भलिबल र मार्सल आर्ट्सका सबै विधा लगायत अधिकांश इन्डोर खेलसँगै ध्यान, योग र सेमिनार सञ्चालन गर्न सकिने छ ।

कभर्डहल निर्माणका लागि डल्लु आवास सामुदायिक उपभोक्ता समितिले कुल ६ रोपनी पाँच आना र दुई पैसा जग्गा उपलब्ध गराएको छ । त्यसमा कभर्ड हलसहित पार्किङ र खुल्ला स्थान रहने छ । करिब एक हजार दर्शक क्षमताको हुने यस कभर्डहलमा कार्यालयसहित पत्रकार सम्मेलनका लागि आवश्यक कोठा पनि बन्नेछ ।
मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटिको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा बन्ने कभर्ड हलले स्थानिय स्तरमा खेलाडी उत्पादनका साथै अन्य सभा सम्मेलन, ध्यान योगका कार्य गर्नलाई सहजता हुने बताए ।
उनले आफु ओलम्पिक कमिटिको महासचिव भएको बेलामा बनाएको योजना अहिले आएर कार्यान्वयन हुन लागेकोमा खुशी ब्यक्त गरे । उनले बाह्य संस्थाले सहयोग गरेता पनि यो स्थानिय स्तरको सम्पत्ति भएको र स्थानियहरुले नै प्रयोग र संरक्षण गर्नुपर्ने बताए ।
ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हल निर्माणले स्थानिय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
महासचिव श्रेष्ठले कभर्ड हलको निर्माण ९ महिनामा सकाउने योजना भएको र यसको निर्माण कार्य सकिएपछि त्यसको दिगो सञ्चालनका लागि व्यवसायिक प्रयोग हुने बताए । उनले कभर्ड हल निर्माणका लागि साङदोर्जे निर्माण सेवासँग सम्झौता भइसकेको र ईबिडिङबाट नै ठेकेदार कम्पनी चयन गरिएको बताए ।
वडा नम्वर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले बन्न लागेको हलका बारेमा जनमानसमा आएका गुनासाहरुको निराकरण गर्ने क्रममा यो हल बाह्य संस्थाको लगानीमा बनेता पनि सम्पत्ती स्थानिय बासीकोनै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]