3 years ago
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आईपुग्दा पहिलो पटक टिम च्याम्पियनलाई प्रदान गर्ने उद्धेश्यले निर्माण गरिएको राष्ट्रिय खेलकुद ट्रफी लुम्बिनीको बुद्ध जन्मभूमीमा प्रर्दशन गरिएको छ ।

राष्ट्रिय खेलकुदमा सहभागि ७ प्रदेश, ३ विभागिय टोली र एनआरएनएमा प्रदर्शन गर्ने उद्धेश्यका साथ आश्विन १ गते देखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा आज लुम्बिनी प्रदेशको बुटवलका साथै बुद्ध जन्मभूमी लुम्बिनीमा प्रदर्शन गरिएको हो ।
लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री माननिय बसिउद्धिन खानको अध्यक्षतमा भएको प्रदर्शन कार्यक्रममा प्रमुख अतिथी मुख्यमन्त्री कुल बहादुर के।सी।, बिशिष्ट अतिथी बन तथा बातावरण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, सदस्य सचिव जय प्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र प्रदेश सभा सदस्य भुवनेश्वर थारुको उपस्थिती रहेको थियो ।

ओलम्पियन संघका अध्यक्ष ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदको लगातार ४ संस्करणमा नेपालका लागि ४ स्वर्ण पदकधारी दीपक बिष्टको नेतृत्वमा दक्षिण एशियाली खेलकुदमा कराते तर्फ स्वर्णधारी एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही, नेपाली पुरुष क्रिकेटका कप्तान पारश खड्का र अल्ट्रा धावक मिरा राई लगायतको ट्रफी टुर कार्यदलले ट्रफीलाई सातै प्रदेशको राजधानी लगायत मुख्य सहर, विभागिय टोली र एनआरएनएको मुख्य कार्यालयमा भ्रमण गराउने र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]