3 years ago
September 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम÷एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो भएका हुन् ।

काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११–५, ११–७ र ११–७ को सोझो सेटमा पराजित गरे । केकेएम÷एनआरटीका शंकर पहाडी र एभीएमका अतित गुरुङ तेस्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्सको स्वर्ण भिडन्तमा इभानाले केकेएम/एनआरटीकी नर्मदा खाइतुलाई ११–८, ११–६ र ११–३ को सीधा सेटमा हराए । एभीएमका आर्सना महर्जन र साइरा शाक्य तेश्रो बने ।
प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष÷महिला, क्याडेट र जुनियर ब्वाइज/गल्र्स सिंगल्स ६ तथा भेट्रानमा ५ गरी जम्मा ११ स्पर्धा समावेश छन् । भेट्रानका ५ स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।
पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०-१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । जुनियर ब्वाइज/गल्र्स सिंगल्स (यु–१९) तथा क्याडेट ब्वाइज/गल्र्स सिंगल्स (यु–१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय, २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]