default_image

3 years ago

September 25, 2022

गण्डकीबाट सर्वाधिक ७ सय २ खेलाडी दर्ता

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबारसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउदै छन् ।

नेपाल आर्मीले ६ सय ७३, एपीएफले ५ सय २२, नेपाल प्रहरीले ४ सय ८८ र सुदूरपश्चिम प्रदेशले ४ सय ३६ खेलाडीको नाम दर्ता गराएको प्राविधिक उपसमितिका संयोजक हिमालराज दाहालले जनाएका छन् ।

त्यस्तै बागमती प्रदेशले ४ सय ३०, प्रदेश १ ले ३ सय ७१, मधेश प्रदेशले २ सय ६२, कर्णाली प्रदेशले १ सय ९७, एनआरएनएले १ सय ३१ र लुम्बिनी प्रदेशले १ सय २३ खेलाडीको नामवली दर्ता गराएको छ ।

ट्रफी टुर
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत आइतबार काठमाडौंको तीन स्थानमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सशस्त्रका महानिरीक्षक राजु आर्यललगायतको उपस्थितिमा च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो । सोही दिन स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो ।

यसअघि ट्रफीलाई सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो ।

असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिरमा ट्रफी लगिने छ । राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.