3 years ago
September 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ ।

त्यहि उर्वर भूमीले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पुर्वका राम्रा खेलाडिहरु विभागीय क्लबहरुमा आवद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पुर्वका खेल पदाधिकारीहरुको छ ।
सातौं बृहत राष्ट्रिय खेलकुद आफैले आयोजना गर्दा पनि पुर्वले पदक तालिकामा उल्लेखनीय प्रगती गर्न सकेन । नेपालगञ्जमा भएको आठौं संस्करणमा पनि प्रदेश नम्वर एक आठौं नै स्थानमा सीमित भएको थियो ।
तर गण्डकी प्रदेशमा अब शुरु हुने नवौं सँस्करणमा भने प्रदेश नम्वर एकको तालिकामा फड्को मार्ने दाउ छ । प्रदेश नम्वर एक खेलकुद विकास परिषदका सदस्य सचिव हंसराज वाग्ले भन्छन् – ‘विभागिय टोली र बाग्मतीपछि पाँचौ वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ ।’
राष्ट्रियमा सहभागिता
प्रदेश नम्वर एकले नवौं राष्ट्रियमा समावेश ३६ खेल मध्ये लन टेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाँउदैछ । त्यसका लागि ७ सय भन्दा वढी खेलाडीहरु दर्ता भइसकेको छ । तयारी ढिलो भएपनि जिल्लादेखि प्रदेश तह सम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।
प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको सुरुवात गरेको थियो । ८ असोजमा विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो ।
पौडी, गल्फ, पाराग्लाइडिङ, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास, आर्चरी जस्ता खेलहरुमा प्रदेश नम्वर एक राम्रो रहेको पदाधिकारीहरु बताउछन् । समुहगत खेलमा फुटबल र भलिवलमा हामी कडा चुनौती पेश प्रदेशको दावी छ ।
कडा चुनौती पेश गर्ने दावी गरेको प्रदेश एकले खेलाडीहरुलाई प्रतियोगिताको तालिका हेरेर एक देखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ । सदस्य सचिव वाग्ले भन्छन्, ‘नवौंको उद्घाटनअगाडि नै हुने खेलको लागि यसै हप्ताबाट बन्द प्रशिक्षण शुरु गर्दैछौं । अलि पछाडी शुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं ।’
वजेट र सुविधा
देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत राष्ट्रिय प्रतियोगिता हो । खेलकुदविकास ऐन २०७७ को प्रावधान अनुरुप भएको यो प्रतियोगिताका अनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको हो ।
सोही अनुरुप प्रदेश एक सरकारले नवौं राष्ट्रियको लागि ९ करोड १९ लाखको वजेट विनियोजन गरेको छ । अन्य प्रदेश भन्दा फरक १ नम्बरले जिल्लातहको छनोट देखि नै खेलाडीहरुलाई ट्रयाक शुट वितरण गरेको थियो । छनोटमा सहभागि सबै खेलाडीहरुलाई १ हजार ६ सय भत्ता वितरण गरिएको थियो ।
सदस्य सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्री देखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।
चुनौती
राष्ट्रिय खेलकुद परिषदले निश्चित समय सीमा तोकेर सहभागि सबै ११ टोलीलाई छनोटको लागि आह्वान गरेपनि थुप्रै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेन । त्यसमा प्रदेश एक पनि अछुतो रहेन ।
त्यसका लागि खेल स्थलहरुको खरावस्थिति र प्रदेश खेलकुदको नीतिहरु राम्ररी तयार हुन नसकेकोले पनि देखिएको हो । सदस्य सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती ब्यहोर्न पर्यो ।
राष्ट्रिय खेलकुद परिषदले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरुको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाई भएको उनको भनाई छ । यी चुनौतीहरु पार गर्दै अन्तत प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्च स्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]