default_image

3 years ago

September 27, 2022

राखेप र नेपाल टेलिभिजन बीच सम्झौता

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाईनल देखिका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ भने ३६ वटै खेलको हाइलाईट्स र प्रोमो प्रशारण गर्ने सहमति भएको छ ।

अवसरमा सदस्य–सचिव घिसिङले लामो इतिहास बोकेको नेपाल टेलिभिजनसंग जोडिएर सहकार्य गर्न पाउँदा खुशी लागेको बताउदै कास्कीमा हुने खेललाई मात्र नभइ कास्की बहिरा हुने खेललाई पनि उत्तिनै प्राथमिकता दिएर नेपाल टेलिभिजनले गतिविधि प्रशारण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

सदस्य–सचिव घिसिङले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल उत्सवलाई संसारले नियाल्ने अवसर प्राप्त गरोस् भन्ने उद्देश्यले प्रत्यक्ष प्रशारण महत्वपूर्ण पाटो भएको धारणा व्यक्त गरे ।

कार्यकारी अध्यक्ष शाहले परिषद्ले बृहत खेलकुदको प्रत्यक्ष प्रशारणका लागि नेपाल टेलिभिजनलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै प्रतियोगिता सफल बनाउने प्रमुख दायित्व परिषद्को भए पनि नेपाल टेलिभिजनको पनि उत्तीकै जिम्मेवारी हुने बताएका छन् ।

राज्यकै कार्यक्रम भएकाले सम्पूर्ण क्षेत्रबाट सहयोग हुनु पर्नेमा शाहको जोड छ । राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.