default_image

3 years ago

September 27, 2022

राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

396 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदको मुख्य ट्रफ्री मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा वीरेन्द्रनगरमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको ट्रफ्री टुरका लागि ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा ट्रफी टुर कार्यदल गठन गरेको थियो ।

मुख्यमन्त्री जिवनबहादुर शाहीले खेलाडीको हितका लागि सबभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताएका छन् । मुख्यमन्त्री शाहीले यस प्रदेशका खेलाडीका लागि रंगशाला निर्माणदेखि खेलाडीको हौसला बढाउने काममा सरकार निरन्तर लागिपरेको बताए । ‘प्रदेश सरकारले खेल र खेलाडीका लागि आफ्नो श्रोत अनुसारको बजेट ब्यवस्थापन गरेको छ ।’

उनले भने– ‘खेलकुदलाई प्राथमिकता दिएर नै म खेलाडीको अगाडि उपस्थित भएको छु । ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौंमा यसको सपना देख्न आग्रह गरे ।

नवौंमा खेल मार्फत नै कर्णालीलाई चिनाउन उनको आग्रह थियो । ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लबलगायत सबभन्दा राम्रा खेलाडी पश्चिम नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गरे ।

ट्रफीले कर्णाली प्रदेशको खेलाडी र प्रशिक्षकको मनोबल बढाउने अपेक्षा रहेको उनको भनाइ थियो । ‘पहिलोपटक यो ट्रफी टुरको आयोजना गरिएको छ, यस्ले खेल क्षेत्रमा केही हुन्छ कि भन्ने अपेक्षा छ । उनले भने– ‘नवौं प्रतियोगिता मार्फत ट्रफी कर्णाली मैं ल्याउन उनले आग्रह गरे ।’

राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुरका संयोजक विष्ट सहित नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–चिव विश्वामित्र सञ्ज्यालले कर्णालीबाट नवौंमा सहभागी भई स्वर्ण, रजत र कांस्य पदक ल्याउने खेलाडीलाई क्रमशः दुई, डेढ र १ लाख नगग पुरस्कार दिने बताए । नवौं राष्ट्रिय खेलकुदमा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.