3 years ago
September 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस प्रतियोगितालाई सिओम नेपालले मुख्य प्रायोजन गरेको छ ।

बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएमका निर्देशक दान बहादुर महता र सिओम नेपालका प्रवन्ध निर्देशक ज्याकी महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।
सम्झौता अनुसार सिओम नेपालले प्रतियोगिताको अनुमानित लागत रकमको ४०% (अक्षरुपी पाँच लाख रुपैंया) नेपाल एपीएमलाई प्रतियोगिता दौरान बुझाउने छ । प्रतियोगिताको अनुमानित रकम १२ लाख पचास हजार रुपैंया रहेको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागीता जनाउने छन् । यस प्रतियोगिताको पुरस्कार राशी ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।
दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो । प्रतियोगिता भैसेपाटीस्थित नेपाल एपीएम क्लबमा मंसिर १ देखि ३ गते सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा मेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स ( ६० वर्षमाथि), वुमेन्स भेट्रान्स सिंगल्स (४० वर्षमाथि), र मेन्स भेट्रान्स टिम गरेर ५ स्पर्धामा खेलाडीहरूले प्रतिष्पर्धा गर्ने छन ।
५ स्पर्धाको बिजेता खेलाडीहरुलाई प्रथम, द्वितीय र तृतीय (दुवै सेमी–फाइनलिष्ट) हरूलाई क्रमशः ५० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने दुई टोलीले समान १० हजार रुपैया हात पार्नेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]