3 years ago
October 10, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर आयोनास्थल गण्डकी प्रदेश आइपुगेको छ । सहभागी ६ प्रदेशको राजधानी र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को मुख्यालय पुर्याएर ट्रफी अर्को साता उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेशको राजधानी पोखरा ल्याइएको हो ।

पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ट्रफी सार्वजनिक गरेका छन् । ४ दशक लामो इतिहास भएको राष्ट्रिय खेलकुदमा पहिलो पटक च्याम्पियन टोलीलाई ट्रफी दिन लागिएको हो । चाँदीबाट निर्मित र सुन समेत जडित ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
ट्रफी अब राष्ट्रिय खेलकुदको समापनमा च्याम्पियन टोलीले ग्रहण गर्नेछ । त्यसअघि ट्रफी प्रदर्शनमा राखिने बताइएको छ । मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको बताएका छन् । उनले गण्डकी प्रदेश पनि ट्रफीको हकदार भएको दाबी गरे । ‘ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न म खेलाडीहरुलाई आग्रह गर्दछु,’ मुख्य मन्त्रीले भने, ‘ त्यसो सम्भव भयो भने हामी सबैका लागि सम्मान हुनेछ ।’
सार्वजनिक गरेसँगै ट्रफी पोखरा नगरका विभिन्न स्थामा परिक्रमा गरिएको थियो । पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा समापन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदको प्रसार प्रसारलाई देशव्यापी बनाउने क्रममा ट्रफी टुर गरिएको हो ।

त्यसका लागि राखेपले ओलम्पियन दीपक विष्टको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, अल्ट्रा धाविका मिरा राई र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित ट्रफी टुर कार्यदल गठन गरेको थियो । भदौ २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी प्रदर्शन गरेका थिए । त्यसमा कार्यदलका सबै उपस्थित थिए । त्यसबाहेक ट्रफी टुरमा भने पारसबाहेक ४ जनाको सहभागिता रहँदै आएको छ ।
‘ट्रफी टुर नयाँ प्रयोग भएकाले यसले राष्ट्रिय खेलकुदको महत्व बढाउन थप मद्दत पुग्ने विश्वास लिएका छौं,’ ट्रफी टुर कार्यदलका संयोजक विष्टले भने,‘यसले नयाँ पुस्तामा खेलकुद प्रतिको आकषर्ण बढाउन मद्दत गर्न सक्छ । हामीले सबै प्रदेश र विभागमा ट्रफी पुर्याउँदा त्यहाँका मुख्यमन्त्रीसँग खेलकुद मन्त्री, सदस्य सचिवलगायत सबैको हार्दिकता पायौं । त्यसका लागि हामी सबैलाई धन्यवाद दिन्छौं ।’
असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशमा दोस्रो पटक राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । यसअघि पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक कास्की बाहेक अन्य जिल्लामा पनि नवौं राष्ट्रिय खेलकुदका विभिन्न खेल हुने तय भइसकेको छ ।
उद्घाटन अघि नै केहि खेल सुरु भइसकेका छन् । महिला क्रिकेट आइतबार तथा ह्यान्डबल र फेन्सिङ सोमबार सुरु भएका हुन् । पुरुष क्रिकेट भने गत महिनानै सम्पन्न भइसकेको छ । ८ विभाग, ३ प्रदेश र एनआरएनए गरि ११ टोलीका खेलाडीले ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेलमा भाग लिनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]