3 years ago
October 11, 2022
बागलुङ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिदै गर्दा बागलुङमा तयारी थालिएको छ । प्रतियोगिता अन्तरगत बागलुङमा हुने आईटिएफ तेक्वान्दो खेलको लागि व्यवस्थापन, कबर्डहल मर्मत लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिता सफलता पूर्व सम्पन्न गर्नको लागि सोमबार बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य मुल व्यवस्थापन समिति गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आईटिएफ तेक्वान्दो खेलको लागि प्रतियोगिता व्यवस्थापन आयोजना समितिको बागलुङ नगरप्रमुखको नेतृत्वमा समिति गठन गर्न निर्देशन दिएको थियो ।
परिषदले समितिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, कार्यालय प्रमुख, खेल सम्बन्धित खेलको जिल्ला अध्यक्ष, सुरक्षा प्रतिनिधि तथा नगर स्थित विभिन्न संघसंस्थाको सहभागितामा समिति गठन गर्न परिपत्र गरेअनुरुप नै समिति गठन गरिएको छ ।
समितिको सोमबार बसेको बैठकले असोज २९ गते बागलुङ बाङ्गेचौर खेलमैदानमा मूल समारोह गर्ने तयारी थालेको छ । मूल समरोह गर्नु भन्दा पहिला खेलाडी र झाँकी सहित बागलुङ बजार परिक्रमा गरिने आईटिएफ तेक्वान्दो संघका केन्द्रिय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।
आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभिन्न ९९ वटा पदकको लागि २ सय ५० जना महिला तथा पुरुष खेलाडीले भाग लिदै छन् । २१ स्वर्ण, २१ रजत र ५७ काश्य पदकको लागि ७ प्रदेश र ३ विभागीय टिमका २ सय ५० खेलाडीले भाग लिनेछन् ।
प्रतियोगिता संचालनको लागि ४५ जना रेफ्रि रहने आईटिएफ तेक्वान्दो संघका केन्द्रिय सचिव खड्काले बताए । महिला तथा पुरुष स्पायरिङ र प्याट्रनमा पाँच-पाँच जनाको समुहले खेल प्रदर्शन गर्नेछन् ।
प्रतियोगिता बागलुङ नगरपालिका वडा नम्बर १ मा रहेको बाङ्गेचौर खेलमैदान र मैदानको आडमै रहेको बागलुङ तेक्वान्दो संघको कबर्डहलमा हुने आईटिएफ तेक्वान्दो संघका केन्द्रिय सचिव खड्काले बताए । उनले कबर्डहल तयारी अवस्थामै रहेपनि मैदानम केहि काम बाँकी रहेको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]