3 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ ।

गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे ।
फाइनल गण्डकी र आर्मीबीच शनिबार दिउँसो ४ बजे हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ । महिला आर्मी र एपीएफ फाइनलमा पुगे ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ को सहज जित दर्ता ग¥यो । एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् । आर्मीले घरेलु टोली गण्डकीलाई २४–९ ले हरायो । आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन् ।
आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]