3 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिता सकिने संघारमा पुग्दा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राखेका छन् ।

आर्मीले पाँचौ दिनको खेल सकिदा आफ्ना प्रतिद्धन्द्धीविरुद्ध दोब्बरभन्दा बढी स्वर्णको अग्रता बनाएको छ । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मीले ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यगरी कुल १८५ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको पुलिसले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी १०८ पदक जितेको छ । एपिएफले ३१ स्वर्ण, ३४ रजत र ५५ स्वर्ण गरी १२० पदक जितेको छ ।
चौथो स्थानमा उक्लिएको गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यगरी ६१ पदक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यगरी ७४ पदक हात पारेको छ । एनआरएनएले ९ स्वर्ण, ७ रजत र ५ कास्य गरी २० पदक जितेको छ । एनआरएनएले सबै स्वर्ण पौडीबाट जितेको हो ।
सुदूरले ८ स्वर्ण, ४ रजत, २० कास्यगरी ३२ पदक जितेको छ । मधेशले ५ स्वर्ण, ७ रजत र १९ कास्यगरी ३१ पदक जितेको छ । प्रदेश १ ले ३ स्वर्ण, १६ रजत र ३२ कास्यगरी ५१ पदक जितेको छ । लुम्विनीले ३ स्वर्ण, १२ रजत र २२ कास्य गरी ३७ पदक जितेको छ । कर्णाली १ स्वर्ण, २ रजत र ७ कास्य गरी १० पदक जितेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]