default_image

3 years ago

October 19, 2022

नवौंको तेक्वान्दोमा पुलिसलाई सर्वाधिक ११ स्वर्ण पदक

896 views

0 Bookmark

बेनी (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । म्याग्दीको बेनीमा मंगलबार सम्पन्न तेक्वान्दामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ पुलिस पदक तालिकाको शीर्षस्थानमा ररह्यो ।

७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको त्रिुभवन आर्मी क्लब दोस्रो, ३ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो, १ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित मधेश प्रदेश चौथो स्थानमा रह्यो । प्रदेश १ ले ८ कास्य, २ बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सुदूरपश्चिम र एनआरएनएले समान एक रजत पदक जिते ।

प्रतियोगिताको अन्नितम दिन मंगलबार महिला ४९ केजी समूहमा एपीएफकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनिका रतिका शाहीले कास्य पदक जितिन् । महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण, आर्मीकी रेश्मा थापाले रजत, कर्णालीका वेविका वस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कास्य पदक जितिन् ।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र एपीएफका रञ्जित साउदले कास्य पदक तथा पुरुष ६८ केजी तौल समुहमा आर्मीका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाबले रजत, लुम्बीनीका नविन चौधरी र एपीएफका मोहम्मद रितिकले कास्य पदक जिते ।

पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, एपीएफका निरज देउवा र कर्णालीका सोहन राउतले काँस्य पदक जिते । महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा माथिको तौल समूहमा एपीएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा माथि तौल समूहमा एपीएफकी सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक जते ।

महिला ४६ केजीमा सुदरपश्चिमकी झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले काँस्य, महिला ६७ केजीमा आार्मीकी ज्ञानी चुनाराले रजत, प्रदेश १ की सविन माझी र एपिएफकी सोरन गुरुङले काँस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपीएफकी रेजिना पार्कीले कास्य पदक जिते ।

पुरुष ८७ केजीभन्दा माथिको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाबले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली बस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले काँस्य पदक जिते ।

महिला ६७ केजी तौल समूहमा आर्मीकीसन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र प्रदेश १ का समिक्षा लिम्बुले कास्य पदक जितिन् । ७४ केजी पुरुषतर्फ एपीएफका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जिते ।

५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र आर्मीका अम्बिकाप्रसाद घिमिरेले कास्य पदक जितेका छन् । गेरोगीतर्फ महिला ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, एपीएफकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जिते ।

पुम्सेमा निशा र कमललाई स्वर्ण

पुलिसका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिला पुम्सेमा आर्मीकी स्वतिका तामाङ रजत,प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पणा अधिकारीले कास्य पदक जितिन् । पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुब र प्रदेश १ का विवेक राईले रजत पदक जिते ।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुब र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुब र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईको जोडीले कास्य पदक जित्यो । पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठको समूहले स्वर्ण, सेनाका दिपेन्द्र गुरुब, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा एपीएफकी सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालको समूहले कास्य पदक जित्यो ।

टम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुब, प्रशन्ना क्षेत्रीको समूहले स्वर्ण, पुलिसका निशादर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, एपीएफकी मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईको समूहले कास्य पदक जित्यो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.