default_image

3 years ago

October 19, 2022

गण्डकीलाई हराउँदै एपिएफ पुरुष भलिबलको फाइनलमा

456 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

फाइल तस्विर

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो ।

पहिलो सेटमा एकसमय १६–१७ कोे स्थिति रहँदा एपिएफले अग्रता जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा गण्डकीले बलियो चुनौती पेश गरेपनि एपिएफलाई रहँदा सकेन । तेस्रो सेटमा गण्डकी झनै निरिह बन्दा पराजित हुन पुग्यो ।

अब एपिएफले उपाधिका लागि बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले बुधबारै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर फाइनलमा पुगेको छ । पुलिस र गण्डकीबीच बिहीबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.