3 years ago
October 19, 2022
पोखरा (हाम्रो खेलकुद)– वैदेशिक रोजगारीमा रहेकी कीर्तिमानी खेलाडी केशरी चौधरीको मन यतिबेला गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सले तानेको छ ।

चार वटा कीर्तिमान (हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प र एक सय मिटर हडल्स) आफ्नो नाममा रहँदैमा झन्डै पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी केशरीको एउटा कीर्तिमान यसपटक तोडिएको छ । केशरीको नाममा अहिलले पनि हाइजम्पमा १.६९ मिटर र ट्रिपल जम्पमा १२.२० मिटरको कीर्तिमान छ । नेपाल पुलिस क्लबमा आबद्ध रहेकी केशरी राष्ट्रिय टोलीबाट खेल्दा खेल्दै खेलप्रेमीलाई आश्चर्यमा पार्दै विदेश पलायन भएकी थिइन् ।
केशरीको नाममा कुनै बेला रहेको कीर्तिमान मध्ये एक सय मिटर हर्डल्स र लङ जम्पमा भने यसपटक नयाँ कीर्तिमान बनिसकेको छ । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी बर्दियाकी जयरानी थारुले यसपटक एक सय मिटर हर्डल्स र लङ जम्पमा नयाँ कीर्तिमान बनाएकी छिन् ।

एक सय मिटर हर्डल्समा केशरीको कीर्तिमान जयरानीले असारमा भएको ४४ औं राष्ट्रिय च्याम्पियनसिपमा तोडेकी थिइन् । त्यतिबेला उनले १५.२० सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले यसपटक सोही एक सय मिटर हर्डल्सको हिटमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
अर्को कुनै समय केशरीको नाममा रहेको लङजम्प (५.५८ मिटर) मा पनि जयरानीले नयाँ कीर्तिमान बनाएकी छिन् । यसमा भने उनले निशा चौधरीको कीर्तिमान भंग गरेकी हुन् । निशाले असारमा बनाएको ५.४७ मिटरको कीर्तिमान जयरानीले तोडेकी हुन् ।
कुनै बेला आफ्नो नाममा रहेको कीर्तिमानमा नयाँ कीर्तिमान बनाउन सफल भएकीमा केशरीले हौसला स्वरुप एउटा कीर्तिमानका लागि १० हजार गरि दुई कीर्तिमानका २० हजार रुपैयाँ दिने निर्णय गरेको बुधबार एथलेटिक्सका इभेन्ट सन्चालनका दौरान घोषणा गरिएको थियो ।

केशरीका गुरु चन्द्र गुरुङ अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को एथलेटिक्सका मुख्य प्रशिक्षक हुन् । केशरी र जयरानी एउटै जिल्ला बर्दियाका हुन् । विद्यालय खेलकुदबाट उदाएकी केशरीले एथलेटिक्ससँग महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेलेकी थिइन् ।
केशरीका तर्फबाट प्रशिक्षक गुरुङले एथलेटिक्सको समापनका दौरान बिहिबार जयरानीलाई २० हजार रुपैयाँको चेक हस्तान्तरण गर्ने जानकारी दिएका छन् । ‘केशरीले हिजो मलाई सम्पर्क गरेकी थिइन् । उनले कुनैबेला मेरो नाममा रहेको कीर्तिमानलाई तोड्ने खेलाडीलाई म आफ्नोतर्फबाट प्रोत्साहन गर्छु भनिन्,’ प्रशिक्षक गुरुङले भने, ‘आफ्नो समयको दुःख उसले बिर्सेकी छैन । त्यसैले नयाँ खेलाडीको हौसला बढाउनका लागि दिने विचार गरेकी होलिन् ।’
केशरीले हाम्रो खेलकुदसँगको कुराकानीका क्रममा भनिन्, ‘आउँदो दिनमा अझै राम्रो गर्दै जानको लागि हौसला मिलोस् भन्नका लागि आफ्नोतर्फबाट थोरै सहयोग गर्न मन लाग्यो।’
जयरानीले यसपटक आशालाग्दो प्रदर्शन गरिरहेकी छिन् । उनले एक सय मिटर हडल्स, लङजम्पसँगै ४ सय मिटर हडल्स (१ मिनेट ४.१३ सेकेन्ड) मा पनि कीर्तिमान बनाइसकेकी छिन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]