3 years ago
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बन्ने संघारमा पुगेको छ ।गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तिम दिनको केही खेलका स्पर्धा बाँकी रहँदासम्म आर्मीले १५० स्वर्ण जितेर शीर्षस्थानमा रहेको छ ।

आर्मीले सहभागिता जनाएका हरेक खेलमा पकड जमाएको छ । आर्मीले शारीरिक सुगठन, फेन्सिङ, पौडी, बक्सिङ लगायतका खेलमा सर्वाधिक स्वर्णसहित पदक जित्दै च्याम्पियन बनिसकेको छ । सातौँ र आठौँको च्याम्पियन आर्मी यसपटक पनि सर्वाधिक पदक जित्दै च्याम्पियन बन्ने बाटोमा पुगिसकेको छ ।
आर्मीले दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले भन्दा झण्डै तेब्बर बढीले स्वर्ण जितेको छ । आर्मीले १५० स्वर्ण, ९४ रजत र ७० कास्य गरी कुल ३१४ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत ५९ कास्य गरी १५८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको एपीएफले ४२ स्वर्ण ५७ रजत र ७७ कास्य गरी कुल १७६ पदक जितेको छ ।
घरेलु गण्डकी प्रदेशले २९ स्वर्ण, २८ रजत र ४९ कास्य गरी कुल १०६ पदक जितेको छ । बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कास्यगरी १२३ पदक जितेको छ ।
एनआरएनएले १० स्वर्ण, ८ रजत र ६ कास्यगरी २४ पदक जितेको छ । प्रदेश १ ले ९ स्वर्ण, २२ रजत र ४४ कास्यगरी ७५ पदक जितेको छ । सुदुरपश्चिमले ८ स्वर्ण, ६ रजत र ३३ कास्यगरी ४७ पदक जितेको छ ।
मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २१ कास्यगरी ३४ पदक हात पारेको छ । लुम्बिनीले ४ स्वर्ण, १८ रजत र ३७ कास्यगरी ५९ पदक जित्दा कर्णाली जित्दा कर्णाली २ स्वर्ण, ३ कास्य र ११ पदक जितेर पुछारमा छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]