3 years ago
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ ।

बिहीवार भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश नं. १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा प्रदेश नं. १ ले डबल्समा ५–१ को सेटले नेपाल प्रहरी पराजित भएको हो ।
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश नं १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।
त्यस्तै नेपाल प्रहरीका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भिमबहादुर थापा मगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।
November 16, 2025
एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]