2 years ago
October 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिने आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ ।
लैनचोरस्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो ।कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् ।
नेपालमा आईटीटीएफको लेभल टुको कोर्स हुन लागेको यो तेस्रो पल्ट हो । कार्यक्रममा तीन महिलासहित कुल १९ प्रशिक्षकको सहभागी रहेको छ । यस कार्यक्रमपछि नेपाली टेबल टेनिसले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न प्रशिक्षक पाउने छ ।
कार्यक्रमको अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले उद्घाटन गरेका थिए ।
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् । भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् । १ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । सन् २०११ डिसेम्बरमा हङकङविरुद्ध डेब्यू गरेका उनले २०२२ जुनमा ओमानविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका उनले सन्न्यास लिएको जनाएका हुन् । ‘मेरो परिवार, सहकर्मी, […]
December 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले यसै साता काठमाडौंमा सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि अन्तिम टोली घोषणा गरेको छ । गण्डकीले खोम प्रसाद पाण्डे ‘हरि’ को कप्तानीमा ३ भारतीय खेलाडीलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबका दुई खेलाडी सेटर दुर्गा […]