3 years ago
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाकओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
पुरुष डबल्सतर्फ नै राजबिर प्रधान र सक्षम शाहको जोडी, ऋतिक राना र निशान श्रेष्ठको जोडी र केशव गौचन र सौरभ पन्तको जोडीले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।
जुनियर यू–८ ब्वाइजमा आर्यस राज पौडेल, आयन आचार्य, भिरल अग्रवाल, अरित मल्ल, सहंश बस्न्यात, भिदान्त चालिसे र इभान भट्टराईले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
यू–८ गल्ससमा निम्ति कुँवर र नोर्गिमा लामा सेमिफाइनलमा पुगेका छन् । यू–९ ब्वाइजमा अरित मल्ल, सुजन कुइकेल, एलिस गौतम, सभ्य जंग कार्की र कृतन्य शाह क्वाटरफाइनलमा पुगेका छन् । यही विधाको गल्समा स्वरह थापाले आयना भद्रालाई हराएर सेमिफाइनलमा पुग्न सफल भइन् ।
यू–१० ब्वाइजमा सुजन कुइकेल र युभेन मान श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए । गल्समा शल्भी शेरचनले आयुश्री हजुर घलेलाई हराएर अन्तिम चारमा स्थान बनाइन् । यू–१२ ब्वाइजमा स्पन्दन उदासले क्वाटरफाइनलमा स्थान बनाउादा गल्समा स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाइन् ।
यू–१४ ब्वाइजमा अद्रित नेपाल, बृजेश अर्याल र एड्रिन थापाले क्वाटरफाइनलको यात्रा तय गरे । गल्समा अदिति पराजुली, नाला मास्के, समृद्धि महर्जन र स्वस्तिका विष्टले क्वाटरफाइनलमा स्थान बनाइन् ।
३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडी, राजु क्षेत्री र ईश्वर जिसीको जोडी, सन्तोष खत्री र सिमान्त गुरुङको जोडी तथा निरेश श्रेष्ठ र बिजय मान तुलाधरको जोडी सेमिफाइनलमा पुग्न सफल भए ।
४५ वर्षमाथिको पुरुष डबल्समा यज्ञ भण्डारी र आशिष सिग्देलको जोडी, सन्जिब श्रेष्ठ र करिमउलल मुस्लिमको जोडी, रोहित सुनुवार र इब्राहिम मुस्लिमको जोडी, शिव सेढाई र हिमाल शाहको जोडी र राजेन्द्र चापागाईको जोडीले क्वाटरफाइनलमा स्थान बनाए । ५५ वर्षमाथि पुरुष एकलमा जीवन घिमिरेले जित दर्ता गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा सुरु प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।प्रतियोगिता महिला-पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार पाउने जनाएको छ ।
महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउने छन् ।
पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाउने छन् । पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने छन् । ४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार पाउने छन् ।
५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार पाउने छन् । ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार पाउने छन् । ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार पाउने छन् ।
प्रतियोगिताको नेपाल लन टेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले उद्घाटन गरिन् । नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरिन् ।
कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, राजिब श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]