3 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।नम्बर एक प्रदीपले फाइनलमा ऋतिक रानालाई ६–४ र ६–४ को सोझो सेटमा हराएर उपाधि जिते ।
प्रदीप नवौं राष्ट्रिय खेलकुदको समेत स्वर्ण विजेता हो । निशान श्रेष्ठ र प्रणव खनाल तेस्रो भए । महिला एकलतर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६–२ र ७–६ ले पराजित गरिन् । आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ तेस्रो भइन् ।
पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडी पहिलो भए । यो जोडीले प्रदीप खड्का र प्रणव खनालको जोडीलाई हराए । सक्षम बिक्रम शाह र राजबिर प्रधान तथा केशव प्रसाद गौचन र शौरभ नाथ पन्तको जोडी तेस्रो भए ।
जितेन्द्र परियारलाई पराजित गर्दै कमल बहादुर भण्डारीले ३५ वर्षमाथिको पुरुष एकलमा उपाधि जिते । सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो भए । ४५ वर्षमाथि महेश श्रेष्ठले उपाधि जित्दा विमल कुमार गुरुङलाई हराए । रोहित सुनुवार र मनोज बिक्रम शाह तेस्रो भए ।
पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे। उत्तम कुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो भए । पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे। ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो भए।
३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेका छन्। सन्तोष खत्री र सिमान्त गुरुङको जोडी दोस्रो हुँदा राजु क्षेत्री र ईश्वर जिसी तथा नरेश बहादुर र विनय मान तुलाधरको जोडी तेस्रो भए ।
पुरुष ४५ वर्षमाथिको डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले उपाधि जिते । सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो भए । ५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र शुवर्ण धाख्वाको जोडीले हात पारे । निरन्जन श्रेष्ठ र राम रानाको जोडी दोस्रो भए ।
महिला र पुरुष एकल विजेताले ट्रफी मेडलसहित ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गरे । पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार प्राप्त गरे ।
पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार प्राप्त गर्दा पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार,१५ हजार र ५ हजार पाएका छन् ।
पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्दा ४५ वर्षमाथि डबल्सकाले २० हजार,१० हजार र ५ हजार प्राप्त गरे ।
५५ वर्षमाथिका एकलले २० हजार,१० हजार र ५ हजार , ५५ वर्षमाथि डबल्सले १५ हजार, ८ हजार र ८ हजार तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भएको प्रतियोगिताको विजयी खेलाडीलाई नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योती राणा, गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधरलगायतले पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]