3 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएम प्रालिको आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।
हरेक स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउने छन् । नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन, जापान र भारतका गरी जम्मा ८० खेलाडीको सहभागिता रहने एपीएफका निर्देशक दानबहादुर महताले जनाएका छन् ।
भेट्रान बाहेक यु–१६ उमेरसमूहको मिक्स डबल्समा पनि खेल हुनेछ । यो स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले १ लाख रुपैयाँ बराबरको जिओमको टेबलटेनिस सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । ३० खेलाडी सहभागी हुने छन् ।
युथ खेलाडीलाई ओलम्पिकमा टेबलटेनिसकी स्वर्ण विजेता याङ योङ जाले प्रशिक्षण पनि दिने छिन् । दक्षिण कोरियाकी याङ नेपाल आइसकेकी छन् । दुईदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै हलमा हुनेछ ।
पहिलो दिन चार स्पर्धाको फाइनल हुनेछ । यु–१६, महिला ४० वर्षमाथि, पुरुष ६० वर्षमाथि र पुरुष टिम इभेन्टमा विजेताको टुंगो लाग्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]