default_image

3 years ago

November 22, 2022

अष्ट्रेलियाविरुद्ध खेल्दै फ्रान्सको उपाधि रक्षा सुरु

243 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को दोस्रो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दैछ । खेल अल जानुब रंगशालामा मध्यरात १२:४५ बजे हुनेछ ।

पछिल्लो संस्करणमा पनि यी दुई टोली समूह चरणको पहिलो खेलमा भिडेका थिए । फ्रान्सले अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै उपाधि यात्रा सुरु गरेको थियो । फ्रान्स सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ । सन् २००२ यता साविक विजेता युरोपेली टोली समूह चरणबाट बाहिरिंदै आएको इतिहास छ । सन् २००२ मा पनि फ्रान्स नकआउट चरण पुग्न सकेको थिएन ।

अष्ट्रेलिया छैटौं पटक विश्वकप खेलिरहेको छ । हालसम्म सन् २००६ मा मात्र समूह चरण पार गरेको अष्ट्रेलिया सुखद सुरुवात गर्न चाहन्छ । हालसम्म विश्वकपमा एक पटक भिडेका यी दुईले अन्तर्राष्ट्रिय खेलमा भने ५ पटक आमनेसामने भएका छन् । फ्रान्सले ३ खेल जित्दा अष्ट्रेलिया एक खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

हालसम्म विश्वकपमा फ्रान्सले ६६ खेल खेल्दा ३४ जित, १३ बराबरी र १९ हार बेहोरेको छ । यता अष्ट्रेलियाले १६ खेलमा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.