3 years ago
November 25, 2022
ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन तथा विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधिनजिक पुग्ने क्रममा रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–९ ले पराजित गरिन् ।
यस्तै अर्को खेलमा आर्मीकै अनुले आफ्नै क्लबकी प्राथना देउवामाथि १७–२१, २१–१८ र २१–१७ को कठिन जित निकाल्दै रशिलासँगको भेट पक्का गरिन् ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा जारी प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाइनल समिकरण पुरा भएको छ ।
राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल आर्मीका दिवस शंकरलाई २१–१० र २१–१२ ले पराजित गर्दै सेमिफाईनलमा पुग्न सफल भए । कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानामाथि २१–१३ र २१–११ को जित निकाले ।
यस्तै आर्मीका प्रफुल महर्जनले पुलिसका हिरा राईमाथि २१–१६ र २१–७ को सहज जित निकाल्दा १६ फिदरका क्षितिज खनालले आर्मीका पविन लिनथेपलाई २१–१२ र २१–९ ले हराए ।
छात्रा यु १७ मा आर्मीकी रिहाना शेरचनले आर्मीकै समृद्धि श्रेष्ठलाई २१–१५ र २१–१० ले तथा कैलालीकी रञ्जु रानाले ललितपुरकी श्रेया बज्राचार्यलाइ १९–२१, २१–१९ र २१–१३ ले हराएर फाइनलमा भिडन्त तय गरिन् ।
छात्रतर्फ आर्मीका कविर केसीले कैलालीका रोशन साउदलाई २१–१९ र २१–१७ ले तथा आर्मीका अनिल मल्लले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१–१५ र २२–२० ले हराएर उपाधि भिडन्त तय गरे ।
भेट्रान ४५ बर्ष माथि गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राजेश थापाको जोडी तथा किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी सेमिफाईनल प्रवेश गरेका छन् ।
यस्तै कास्कीका राजेश गुरुङ र शंभु कुमार श्रेष्ठको जोडी र कालीका ब्याडमिन्टन क्लबका राम केसी र हरी खत्रीको जोडीले पनि अन्तिम ४ को यात्रा तय गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]