default_image

1 year ago

November 30, 2022

सुदूरको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित हात पारेको छ । सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित हात पारेको छ । सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ ।

जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए ।

गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित छन् । विकेटकिपर सुनिल चन्द १७ बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । मधेशका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनमा आउट भए ।

तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पुनः शीर्षक्रम धरासय बनाए । हेमन्तले ओपनर शैलेन्द्र शाह शून्य र तेस्रो नम्बरका ब्याटर डब्लू मलिकलाई ११ रनमा बोल्ड गरेका थिए । हेमन्तले नै ओपनर मयन यादवले २३ लाई रनमा क्याच गराए ।

त्यसपछि मधेशको ब्याटिङ टियु एण्डबाट आएका नरेन साउद र चोभार एन्डबाट आएका युवराज खत्रीले धरासयी बनाए । चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रनमा नरेनको बलमा बोल्ड भए ।

त्यसपछि अन्य कुनैपनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन् । कप्तान अभिषेक तिवारी शून्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए ।

सुदूरका नरेन साउदले ९।१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । पहिलो खेल खेलेका युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

सुदूरले अन्तिम खेलमा शुक्रबार बागमतीसँग खेल्नेछ । उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्न सक्छ । लुम्बिनी र बागमतीबीचको खेल मुलपानीमा छ । उक्त खेलमा बागमती विजयी हुँदा सुदूरपनि एक खेल अगावै फाइनलमा पुग्नेछ । बागमती पराजित हुँदा अन्तिम खेल र अन्य टोलीको नतिजा पर्खुनुपर्छ ।

सुदूर ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । बागमती ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । अन्य चार प्रदेश भने बाहिरि सकेका छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

Success

Thank you for your time.