default_image

1 year ago

November 30, 2022

लाइसियम र ग्लेडस्टोन क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १–० गोलअन्तरले पराजित ग¥यो । गोल आत्माघाती थियो ।

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणेनीलाई ५–१ गोलले हरायो । ग्लेडस्टोनका निखिल कार्कीले २ तथा सम्यम कालु, सोहन राजवाहक र सुहान कासुलाले १–१ गोल गरे ।

बुधबारको खेलसंगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्लेडस्टोन भेट आायेजक नेक्सससंग हुनेछ भने लाइसियमले नेपालटार विरुद्ध खेल्ने छ ।

बाँकी क्वाटरफाइनल लोयल्टी एकेडेमी र अर्किड तथा श्री सञ्जय साइ मन्दिर र बेस्ट ग्रुप भिजन एकेडेमीबीच हुनेछ । क्वाटरफाइनल खेल शनिबारदेखि सुरु हुनेछ ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.