3 years ago
December 5, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्फ एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले ।
अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे । पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे ।
भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६–३, ६–३ ले, भारतका धनुष वर्माले नेपालका सृजन भट्टराईलाई ६–०, ६–० ले, ताइपेइका कि हाउ हाङले भारतका मायंक सर्मालाई ६–४, ६–२ ले पराजित गरे ।
महिला एकलतर्फको खेलमा भारतका दिशा बेहेराले नेपालका शर्मानी श्रेष्ठलाई, रसियाकी लैला आक्मेतोवाले भारतकी दिविजा मन्नेनीलाई, भारतकी गंगना मोहनले नेपालकी सुनिरा थापालाई, भारतकी कायरा सिद्धार्थ चेत्नानीले नेपालकी प्रकृती श्रेष्ठलाई, नेपालकी प्रशंसा मोत्तानले भारतकी सारान्या रामासुब्रामनियनलाई, भारतकी जानवी आस्वाले अमेरिकाकी समिक्षा अन्यमलाई पराजित गरिन् ।
महिला एकलतर्फ नै नेपालकी रायना शाहले भारतकी श्रीटिका रेड्डीलाई, नेपालकी आयसा डोल्कर गुरुङ्गले भारतकी सौरभी श्रीनिवासलाई, श्रीलंकाकी विस्मी वन्थ्राले भारतकी प्रिन्सी मन्दगलालाई र भारतकी रिदयासी पाइले नेपालकी आध्या पौडेललाई, हराइन् ।
यस्तै भारतकी आर्जन खोराकिवालाले नेपालकी श्रीया भट्टराईलाई, भारतकी ईशी महेश्वरीले कोरियाकी सियोइङ जाङलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । एक साता सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० राष्ट्रका ९९ खेलाडीले सहभागिता जनाएको आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिएका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]