3 years ago
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६(२) र ६–० को सेटमा पराजित गरे ।
ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले नेपालका दर्शिल श्रेष्ठलाई ६–४ र ६–३, यमनका हमुद इयादले भारतका आरभ धेकियललाई ६–४ र ६–१, हङकङका यु हिन वोङले भारतका किशोर श्रीरामलाई ६–४ र ६–३ ले हराए ।
यस्तै भारतका सिद्धार्थ जिबुले हङकङका कि छियोङ मोरिस ताङलाई ७–६(४) र ६–१, बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका आदित्य सिंहलाई ६–३ र ६–२, भारतका भिभान मिर्धाले श्रीलंकाका साहिल फज्लिनलाई ४–६, ६–४ र ६–१ तथा हङकङका छियुन हेइ काइसन फुङले नेपालका बोरिस अधिकारीलाई ६–२ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

गल्स सिंगल्समा नेपालका ४ खेलाडीले क्वाटरफाइनलमा स्थान बनाए । प्रशंसा मोक्तानले बंगलादेशकी तयेबा खानोमलाई ६–४ र ६–०, शिभाली गुरुङले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–२ र ६–३, आद्या पौडेलले बंगलादेशकी हुमिराह हैदरलाई ६–४ र ६–१ तथा स्वस्तिका विष्टले बंगलादेशकी जनातुन फर्डोस मितुलाई ६–० र ६–० को नतिजामा पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
सोही स्पर्धामा क्वाटरफाइनल प्रवेश गर्ने बाँकी खेलाडीमा भारतका रहे । प्रेरणा सन्ट्राले निभा श्रेष्ठलाई ६–१ र ६–०, तनिशा भत्नागरले कर्मिस्था नुगाह श्रेष्ठलाई ६–१ र ६–०, सान्भी रेडी भुन्द्यालाले समृद्धि महर्जनलाई ६–४, ६–७ (४) र ६–४ तथा हनी जुमानी गौरवले प्राज्ना मानन्धरलाई ६–१ र ६–१ को सेटमा पन्छाए । पराजित चारै खेलाडी नेपालका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्स डबल्समा भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भुन्द्यालाको जोडीले भारतकी मेगालइ प्रकाश र नेपालकी निभा श्रेष्ठको जोडीलाई ६–० र ६–० को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]