3 years ago
December 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनलमा आयुशले हङकङका यु हिन वोङलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी थिए । बाँकी ६ को चुनौती सकिएको छ ।
ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले यमनका हमुद इयादलाई ६–३ र ६–३, भारतका सिद्धार्थ जिबुले बंगलादेशका मोहम्मद अलिफ होसेनलाई ६–१ र ६–१ तथा भारतका भिभान मिर्धाले हङकङका चुन हेइ काइसन फुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए ।
नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्स सिंगल्समा शीर्ष तीन स्थानको पदक नेपाली खेलाडीले निश्चित गरेका छन् ।
चारै खेलाडी सेमिफाइनल पुगेसंगै नेपालको शीर्ष तीन स्थानको पदक पक्का भएको हो । क्वाटरफाइनलमा चारै नेपाली खेलाडीले भारतीय खेलाडीलाई पाखा लगाए । नेपालबाट ८ गल्र्स खेलाडीले प्रतिस्पर्धा गरेकोमा ४ बाहिरी सके ।
प्रशंसा मोक्तानले प्रेरणा सन्ट्रालाई ६–० र ६–०, शिभाली गुरुङले तनिशा भत्नागरलाई ७–५ र ६–३, आद्या पौडेलले सान्भी रेडी भ्युन्द्यालालाई ६–३, १–६ र ७–६(३) तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–४ र ६–४ को सेटमा पाखा लगाए । सेमिफाइनलमा प्रशंसाको भेट शिभालीसंग हुनेछ भने आद्याले स्वस्तिका विरुद्ध खेल्ने छिन् ।
ब्वाइज डबल्समा बंगलादेशका अलिफ होसेन र मुन तुसार, हङकङका फुङ र छियोङ मोरिस ताङ, भारतका सिद्धार्थ र भिभान, भारतकै सञ्जय गिरिश र किशोर श्रीराम तथा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुदले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
गल्स डबल्समा नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडीले नेपालकी प्राज्ना मानन्धर र अमेरिकाकी नाला जोस्फिल मास्केलाई ६–१ र ७–५ ले पन्छ्याउदै फाइनलमा पुगे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]