3 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ ।

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल (१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक) इभेन्ट्स गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ ।
नखिपोट युथ क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउनेछन् । सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् । भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।
महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्दा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले जानकारी गराए ।
अध्यक्ष राईले पहिलो किराँत कालिन राजा यलम्बरलाई विश्वमा चिनाउन साथै खेलकुदको माध्यमबाट स्वस्थ्य समाज निर्माण र खराब संगत र कुलतबाट युवाहरुलाई जोगाई सभ्य समाज निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराए ।
प्रतियोगिताका आर्थिक संयोजक दिनेश राईले प्रतियोगिताको अनुमानित बजेट कुल १९ लाख १० हजार रहेको जानकारी गराए । प्रतियोगिताका प्रचारप्रसार विभागका संयोजक निश्चल राईले प्रतियोगितालाई आगामी वर्षबाट थप बृहत रुपमा आयोजना गरिने जानकारी गराए ।
पत्रकार सम्मेलनमा सर्कलका अध्यक्ष जयराम राई, सचिव पदम राई, आर्थिक संयोजक दिनेश राई, प्रचारप्रसार संयोजक निश्चल राई, कार्यक्रम ब्यबस्थापन समितिका संयोजक रोशन चाम्लिङ राई लगायत सर्कलमा सदस्यहरुको उपस्थिति रहेको थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]