3 years ago
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा शुरु भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालको दुवै (पुरुष र महिला) टोलीले विजयी सुरुवात गरेका छन् ।

बुधबार बिहान भएको पुरुषतर्फको खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको नेपाली जोडीले बंगलादेशको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । मानबहादुर र दिलको जोडीले बंगलादेशको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्यो ।
महिलातर्फ कोपिला उप्रेती र कमला पुनको नेपाली जोडीले उज्वेकिस्तानको जोडीलाई २१–१६ र २१–१५ को सोझो सेटमा पराजित गरी विजयी सुरुवात गरेका छन् ।
बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् । पोल ए मा बंगलादेश ए, उज्वेकिस्तान ए र नेपाल तथा पोल बी मा श्रीलंका, उज्वेकिस्तान र बंगलादेशको बी टोली रहेका छन् ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]