default_image

3 years ago

December 28, 2022

एसियन सेन्ट्रल जोन बिच भलिबल – नेपालको दुवै टोली सेमिफाइनलमा

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला बिच भलिबल टोली बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष टोली लिग चरणको एक खेल बाँकी छँदै तथा महिला टोली पोल ‘ए’ मा दुई खेलमा नै जित निकाल्दै विजेता बनेर अन्तिम चारमा पुग्न सफल भएको हो ।

बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा बुधबार भएको पुरुषतर्फको पहिलो खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको नेपाली जोडीले बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्यो ।

अर्काे खेलमा मानबहादुर र दिलको जोडीको माल्दिभ्सको अहमेद र सामेलको जोडीलाई २–१ को सेटमा पराजित गर्दै एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

पहिलो सेट १७–२१ ले गुमाएको नेपालले त्यसपछिको दुवै सेट २१–१४ र १५–९ को सेटमा जित निकाल्यो । मान र दिलको जोडीले अब लिग चरणमा बंगलादेशका नुर नावी र सेफ उद्धिनसँग खेल्नेछ । यो खेलमा जित निकाले मान र दिलको जोडी पोल विजेता बन्नेछ ।

महिलातर्फ कोपिला उप्रेती र कमला पुनको नेपाली जोडीले उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा पराजित गर्दा दोस्रो खेलमा अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर समूह विजेता बन्न सफल भयो ।

बिच भलिबलमा पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.