default_image

3 years ago

December 29, 2022

मान र दिलको जोडी सेन्ट्रल जोन बिच भलिबलको फाइनलमा

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानको मोडेबेक उलुलु र जिनबेक उलुलुको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो ।

पहिलो सेटमा २६–२४ को प्रतिस्पर्धात्मक र संघर्षपूर्ण जित निकालेको नेपालले त्यसपछि दोस्रो सेटमा भने २१–१३ को सहज जित निकाल्दै उपाधिनजिक पुग्न सफल भयो ।

अब मान र दिलको जोडीले उपाधिका लागि शुक्रबार माल्दिभ्सको एडाम र स्मेलको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । यो टोलीले घरेलु टोली बंगलादेशका खेलाडीलाई सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको छ ।

नेपालले यसअघि समूह चरणमा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्दा दोस्रो खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७–२१, २१–१४ र १५–९ को सेटमा हराएकाे थियाे ।

यस्तै अन्तिम खेलमा बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१–८ र २१–१४ ले पराजित गर्दे पोल ‘ए’ को विजेता बनेको थियो । पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ ।

महिलातर्फ कोपिला उप्रेती र कमल पुनको नेपाली जोडी दोस्रो भएको छ । डल्फिन बिचमा बिहीबार श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै दोस्रो भएको हो ।

समूह चरण र सेमिफाइनलमा राम्रो प्रदर्शन गरेको नेपाली टोली फाइनलमा भने बलियो मानिएको श्रीलंकाको चथुरिका र दीपिकाको जोडीसँग निरिह बन्न पुग्यो । नेपाली टोलीले पहिलो र दोस्रो सेट समान ११–२१ र ११–२१ ले गुमाउन पुग्दा च्याम्पियन बन्नबाट वञ्चित रह्यो ।

यसअघि कोपिला र कमलाको जोडीले सेमिफाइनलमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २१–१२ र २१–१४ ले हराउँदा लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ र बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो ।

महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोलीको सहभागिता रहेको थियो ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.