3 years ago
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, न्युटन स्कुल ‘डी’ र बुढानिलकण्ठ भलिबल क्लबले राजधानीमा बिहीबारदेखि शुरु भएको पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा बिहीबार भएको खेलमा न्युटन ‘डी’ ले खोटाङ टिमलाई २५–२१ र २५–२० ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । हारका बावजुत पनि खोटाङले समूह उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुगेको छ ।
अर्काे खेलमा ब्रदर्श स्पोर्ट्स क्लबले कन्चन स्पोर्ट्स क्लबलाई २५–१९ र २५–२१ ले पराजित गरी विजयी सुरुवात गरेको छ । यस्तै अर्काे खेलमा गणतान्त्रिक खेलकुद एसोसिएसनले न्युटन ‘सी’ लाई २५–१८, २७–२९ र २५–२२ ले पराजित गरेको छ ।
यस्तै मैदान स्पोर्ट्स क्लबले न्युटन ‘बी’ लाई २५–२०, १७–२५ र २५–१९ ले पराजित गरेको छ । यस्तै जेनेक्स भलिबल क्लबले न्युटन ‘ए’ लाई २५–९ र २५–१० ले पराजित गरेको छ ।

१८ पुससम्म चल्ने प्रतियोगिताको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले एक कार्यक्रमकाबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न २३ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगितामा पछिल्लो पटक नेपालको राष्ट्रिय टोलीमा रहेका १२ खेलाडीले आफ्नो छुट्टै टोली बनाउन पाउने छैन । अर्थात यि १२ खेलाडी फरक–फरक टोलीमा हुनुपर्नेछ । च्याम्पियनसिपको विजेताले १ लाख रुपैयाँ, कप र गोल्ड मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, कप र सिल्भर मेडल प्राप्त गर्नेछ ।
तेस्रो हुनेले २५ हजार रुपैया, कप र ब्रन्ज मेडल प्राप्त गर्नेछ । चौथो हुनेले १५ हजार रुपैया हात पार्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले ६ हजार रुपैया तथा व्यक्तिगत विधातर्फ पनि जनही ३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]