3 years ago
December 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ दोस्राे भएको छ ।

बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा शुक्रबार बिहान भएको फाइनलमा माल्दिभ्सका एडाम नासिम र स्मेलको जोडीसँग २–० को सोझो सेटमा पराजित भएपछि च्याम्पियन बन्नबाट चुकेको हो ।
पहिलो सेट १३–२१ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि शुरुवातमा बलियो चुनौती पेश गरेपनि त्यही लयलाई कायम राख्न नसक्दा १९–२१ ले गुमाउन पुग्यो ।
मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडीले बिहीबार किर्गिस्तानको मोडेबेक उलुलु र जिनबेक उलुलुको जोडीलाई २६–२४ र २१–१३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
किर्गिस्तानलाई २–० को सोझो सेटमा हराएर बंगलादेशले तेस्रो स्थान हासिल गरेको छ । पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ ।
महिलातर्फ पनि बिहीबार कोपिला उप्रेती र कमला पुनको जोडी पनि श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै दोस्रो भएको थियो ।
महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोलीको सहभागिता रहेको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]