3 years ago
December 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका दुई संघ खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेपछिको उत्पन्न विवाद तत्कालका लागि समाधानका लागि अब अदालतको निर्णय पर्खनुपर्ने अवस्था तयार भएको छ ।

प्रकाश शम्सेर राणाको अध्यक्षतामा रहेको तेक्वान्दो संघले युवा तथा खेलकुद मन्त्रालय, राखेपसहित ५ संस्थाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको किनारा नलाग्दा सम्म कानुनी रुपमा तेक्वान्दोको विवाद अन्त्य नहुने देखिएको छ ।
अध्यक्ष राणाले अन्तरिम आदेशको माग गरेपनि प्रारम्भिक सुनुवाईमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो ।
उच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्ष (संघ र महासंघ) लाई पुस २० गते छलफलका लागि बोलाएको छ ।
पुस ५ गते राखेपले विवादित भनिएका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता राखेज गरि प्रदीपराज जोशीको अध्यक्षतामा तेक्वान्दो महासंघ गठन गरेको थियो ।
राखेपका उपाध्यक्ष समेत रहेका शिव कोइरालाको नेतृत्वमा रहेको राष्ट्रिय तेक्वान्दो संघले राखेपको निर्णयलाई स्वीकार गरेपनि राणा अध्यक्ष रहेको संघले भने त्यसको विरोध गर्दै आएको छ । संघले केहि दिन अघि राखेपको निर्णयविरुद्ध र्याली प्रदर्शन पनि गरेको थियो ।
महासंघ र संघबीच विवाद भएपछि तेक्वान्दोको मुख्यालयमा प्रहरीले ताला लगाएको थियो । उच्च अदालतको पछिल्लो आदेशपछि प्रहरीले लगाएको संघको ताला बुधबार खुलेको छ र त्यहाँ संघका कर्मचारी प्रवेश गरिसकेका छन् ।
यस्तो पृष्ठभूमीमा महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै १९ बुँदे आफ्नो धारणा सार्वजनिक गरेको छ । जसमा महासंघको धारणा, बैठकका निर्णय र संघले विगतमा गरेका कामका बारेमा पनि टिप्पणी गरेको छ । महासंघका महासचिव इन्द्रमान तुलाधरले आफूहरु अदालतको निर्णय मान्ने र छलफलका लागि उपस्थित हुने जानकारी दिए ।
‘खेलकुदमा नयाँ ऐन आएपछि त्यसका आधारमा एउटा खेलका दुई संघ हुन नसक्ने भएपछि मिलाउने प्रयास गर्दा पनि असफल भएपछि राखेपले दुई संघ खारेज गरेर महासंघ गठन गरेको हो,’ उनले भने,‘हामी विवाद होइन समाधान चाहन्छौं । विवादको अन्त्य गरि यो कार्यसमितिले निर्वाचन गरि नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पने हो । अदालतको निर्णयको हामी सम्मान गर्छौ ।’
पत्रकार सम्मेलनमा अधिकांश वक्ताले राणा नेतृत्वको संघका महासचिव दीपराज गुरुङको चर्को आलोचना गर्दै उनको कार्यशैलीका कारण नै तेक्वान्दो विवाद रहेको बताएका छन् । महासंघका अध्यक्ष जोशीले खेलाडीहरुको न्यायका लागि पनि तेक्वान्दोको विवादको अन्त्य हुनुपर्ने र आफूहरु त्यसकै प्रयासमा रहेको बताएका छन् ।
राखेपका तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक अर्जुन विकले गुरुङकै कारण तेक्वान्दोले गति लिन नसकेको आरोप लगाए । उनले राष्ट्रिय तेक्वान्दोमा रहेका खेलाडीले वर्षौदेखि प्रतियोगिता खेल्न नपाउनुमा राणा नै कारक रहेको बताएका छन् ।
राखेपका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले गुरुङकै कारण खेलाडी र प्रशिक्षकहरुले अन्यायमा पर्नुपरेको आरोप लगाए । उनले ओलम्पिक छात्रबृत्तिमा पनि गुरुङ आफू खुसी निर्णय गरेको बताएका छन् । सागमा स्वर्ण पदक जितेका वा वरियतामा शीर्षस्थानमा रहेका खेलाडीलाई छात्रबृति नदिइ अर्को खेलाडीलाई दिएको उनको आरोप थियो ।





December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]