3 years ago
December 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्ल्याक हर्स सुजका प्रोपाइटर चिन बहादुर श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी कभर्ड हल निर्माणलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

ब्ल्याक हर्स सुजका प्रोपाइटर श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी शुक्रबार न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब काठमाडौं निर्माणधीन वर्षा ओत्ने भलिबल कभर्ड हल सहयोग अभियानमा १ लाख १ हजार १ सय १ रुपैया सहयोग प्रदान गरेका हुन् ।
श्रेष्ठले क्लबका अध्यक्ष कुमार राईलाई आफ्नै कार्यालयमा उक्त सहयोग रकम प्रदान गरेका हुन् । सहयोग रकम प्रदान गर्दै प्रोपाइटर श्रेष्ठले न्यु डायमण्डको कभर्डहल निर्माणमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताए । ब्ल्याक हर्स सुजले यसअघि पनि विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आइरहेको छ ।
क्लबको कभर्डहल निर्माणलाई सहयोग अभियान आउने क्रम जारी छ । यसअघि समाजसेवी तथा हङकङमा रहेका रमेश राईले १ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरिसकेका छन् । यस्तै पहिलो चरणमा हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी फुनुरु शेर्पाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
न्यु डायमण्डले चन्द्रागिरि नगरपालिका १३ स्थित नैकापमा विगत १ महिनादेखि २ रोपनीभन्दा बढी जग्गामा आवासीय सुविधासहितको कभर्डहल निर्माण गरिरहेको छ । क्लबले सोही निर्माणधीन कभर्डहलमा माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म स्कुल स्तरीय यु१८ खुल्ला महिला भलिबल च्याम्पियन आयोजना गर्ने तयारी गरिरहेको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]