3 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।

योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू११, यू१३ र यु१५ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर राजु बास्तोलाले जानकारी गराए ।
लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको जानकारी गराए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुनेछ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।
च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यू१५ तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पुग्नेले २ हजार ५ सय र प्रिक्वाटरफाइनलमा पुग्नेले १ हजार ५ सय प्राप्त गर्नेछन् ।
यस्तै यू१३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाइनलमा पुग्नेले २ हजार र प्रिक्वाटरफाइनलमा पुग्नेले १ हजार २ सय प्राप्त गर्नेछन् ।
यू११ तर्फ प्रथमले ४ हजार, दोस्रोले २ हजार, तेस्रोले २ हजार, क्वाटरफाइलमा पुगेकाले १ हजार ५ सय र प्रिक्वाटरफाइनलमा पुगेकाले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]