3 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट भलिबल क्लब बुटवलले काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नयाँ बजार सामाजिक युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

एभरेष्टले नयाँ बजारमाथि ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ मा पहिलो जित निकालेको हो । यस जितसँगै एभरेष्टले ३ खेलमा ३ अंक जोडेर समूहमा तेस्रो भएको छ । नयाँ बजार भने अंकविहीन बनेको छ ।
यो समूहबाट साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब एक खेल बाँकी रहँदै सेमिफाइनलमा पुगेको छ । यि दुई टोलीमा जित्ने टोली समूह विजेता बन्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा एभरेष्टले नयाँ बजारमाथि २५–१२, २५–१२ र २५–१४ को सहज जित निकाल्यो । एभरेष्टकी स्पाइकर निशा चौधरी केल्मी प्लेयर अफ दि म्याच घोषित भएकी छिन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर हात पारिन् ।
आज (बुधबार) महिलातर्फ आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ न्युटन र ढोरपाटन, पुलिस र गण्डकी, हेल्प नेपाल र केशवलाल तथा जावलाखेल र सैलुङ बााघढुंगा रामेछापबीच प्रतिस्पर्धा हुँदैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]