3 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मी समूह ‘बी’ बाट लगातार दुई जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम चारमा पुग्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सहज जित निकाल्यो ।
आर्मीकी साफिया पुन केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् । आर्मीले दुई खेलबाट ६ अंक जोड्यो । गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हारसँगै गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना झिनो बनेको छ ।
समूह ‘बी’ मा एपिएफको ३ अंक छ । गण्डकीले अंकको खाता खोल्न सकेका छैन । कृष्ण सेकेन्डरी एकेडेमीले पनि अंक जोड्न सकेको छैन । यो समूहमा अब आर्मीले एपिएफसँग खेल्न बाँकी छ । एपिएफले आर्मी र कृष्ण सेकेन्डरी सुकलसँग खेल्न बाँकी छ ।
समूह ‘ए’ बाट साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
आज (बुधबार) पुरुषतर्फ न्युटन र ढोरपाटन, पुलिस र गण्डकी, हेल्प नेपाल र केशवलाल तथा जावलाखेल र सैलुङ बााघढुंगा रामेछापबीच प्रतिस्पर्धा हुँदैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]