3 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले काठमाडौंमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ रोमाञ्चक जित निकालेको छ ।

ढोरपाटनले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार ढोरपाटनले सुरुवाती दुई सेटमा जित निकालेपनि त्यसपछिको दुवै सेट गुमाउँदा खेल पाँचौ सेटमा लम्बिएको थियो ।
पहिलो र दोस्रो सेटमा क्रमशः २५–२३ र २५–२० को जित निकालेको ढोरपाटनले त्यसपछि दुई सेट क्रमश १८–२५ र २२–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । तर, पाँचौ सेटमा ढोरपाटनले १५–९ को सहज जित निकाल्न सफल भयो ।

यस जितसँगै ढोरपाटनले समूह ‘सी’ मा दुई खेलबाट २ अंक जोडेको छ । पराजित न्युटनले पनि दुई खेलबाट १ अंक जोडेको छ । यो समूहबाट पुलिस ६ अंक जोडेर क्वाटरफाइनलमा पुगिसकेको छ । गण्डकीले १ खेलबाट ३ अंक जोडेको छ ।
आज (बुधबार) पुलिस र गण्डकी, हेल्प नेपाल र केशवलाल तथा जावलाखेल र सैलुङ बााघढुंगा रामेछापबीच प्रतिस्पर्धा हुँदैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]