3 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् ।

उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए ।
यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ ले १ स्वर्ण, एक रजत र ४ काश्य जित्दै टिम च्याम्पियन बन्ने बाटोमा अगाडि रहेको छ । वडा १९, १२ र ३ ले एक, एक स्वर्ण जितेका छन् ।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताअन्तर्गत भएको ६० वर्ष माथी उमेर समूहमा वडा नम्वर १९ का भेट्रान खेलाडी जगदिश्वरप्रसाद जोशीले वडा १६ का आनन्द धाख्वालाई ३–१ को सेटमा पराजित गरी स्वर्ण पदक जिते ।
सो इभेन्ट्समा वडा नम्वर ११ का सानुभक्त श्रेष्ठ र वडा ११ कै शरदमान श्रेष्ठले काश्य पदक प्राप्त गरेका थिए । फ्लडलाइटमा रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हुंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ ।
१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]