default_image

3 years ago

January 14, 2023

पुलिसमाथि संघर्षपूर्ण जित निकाल्दै हेल्प नेपाल फाइनलमा

370 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पुरुषतर्फको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को सेटमा जित निकाल्दै हेल्प नेपालले फाइनलमा साविक विजेता आर्मीसँगको भेट पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हेल्प नेपालले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको हेल्प नेपालले पूनरागमन प्रयास गरेपनि २४–२६ ले गुमाउन पुग्यो ।

तेस्रो सेटमा भने हेल्प नेपालले २५–१७ को सहज जित निकाल्न सफल भयो । चौथो सेट हेल्प नेपालले २०–२५ ले गुमाउन पुग्यो । तर, निर्णायक तथा पाँचौ सेटको सुरुमा २–० ले पछि पर्नुका बावजुत उत्कृष्ट प्रदर्शन गर्दै हेल्प नेपालले १५–८ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो ।

हेल्प नेपालका पाकिस्तानी मुवासर राजा केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राीत गरे । उनी तेस्रोपटक प्लेयर अफ दिम्याच घोषित भएका हुन् ।

अब हेल्प नेपालले उपाधिका लागि आइतबार साविक विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीले शनिबारै नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गरिसकेको छ ।

आइतबार महिला र पुरुष दुवैतर्फको फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको तेस्रो स्थानको खेल बिहान ८ बजे हुनेछ । महिलातर्फ बिहान १० बजे आर्मी र एपिएफले तेस्रो स्थानको लागि खेल्नेछ ।

१२ बजे महिलातर्फको फाइनलमा डायमण्ड र पुलिसले प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फको फाइनल २ बजे हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.