3 years ago
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम दिन आज (आइतबार) फाइनल खेलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ ।

आज महिला तथा पुरुष दुवैतर्फको फाइनलसँगै तेस्रो स्थानको खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा महिलातर्फको फाइनलमा साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई टोलीबीचको फाइनल मध्यान्ह १२ बजे सुरु हुनेछ । यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्दा पुलिस विजयी भएको थियो ।
त्यस्तै पुरुषतर्फको फाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो २ बजे हुनेछ ।

पुरुषतर्फ तेस्रो स्थानमा लागि अहिले दुई विभागीय टोली पुलिस र एपिएफबीच प्रतिस्पर्धा भइरहेको छ । महिलातर्फ तेस्रो स्थानको लागि एपिएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान १० बजे हुनेछ ।
पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

क्लब च्याम्पियनसिपको अनुमानित बजेट झण्डै ४६ लाख रुपैयाँ रहेको संघले जनाएको छ । यसमा मुख्य प्रायोजक नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मुख्य प्रायोजन वापत ३० लाख रुपैयाँ प्रदान गर्ने र बाँकी रकम विभिन्न प्रायोजकबाट परिपुर्ति गरिने संघले जनाएको छ ।
यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]